कर्णाली प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

वीरेन्द्रनगर, सुर्खेत

हार्दिक अपिल !

मिति २०८० कार्त्तिक १७ गते राति ११:४७ मा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउने सबैमा भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछौं।  यस प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति हुन पुगेको छ। यस संवेदनशील घडीमा सहयोग गर्न इच्छुक सम्पूर्ण संघसंस्था तथा महानुभावहरूलाई कर्णाली प्रदेशको विपद् व्यवस्थापन कोषको राष्‍ट्रिय वाणिज्य बैंकमा रहेको विविध खाता नं. ४०८०१००२०२०६००००  मा रकम जम्मा गरी सहयोग गर्न सकिने व्यहोरा अनुरोध गर्दछौं।

 

Download / View