ढुण्डी प्रसाद निरौला

बहाल मिति : २०७४ माघ २५
जन्म : २०२५/०४/०७
जन्मस्थान : तेह्रथुम जिल्लाको साविकको पिप्ले गा.वि.स.-९ हाल: म्याङ्लुङ नगरपालिका-४
अध्ययन : अर्थशास्त्र, समाजशास्त्र र जन प्रशासनमा स्नातकोत्तर तथा कानून र शिक्षा शास्त्रमा स्नातक

तालिम तथा प्रशिक्षण:
अन्तर्राष्ट्रिय स्तरमा जापानबाट कृषि तथा सहकारी विषयमा तीन महिने तालिम, इटलीको टुरिनबाट सार्वजनिक निजी साझेदारी परियोजना (PPP) तथा इन्डोनेसियाको जाकार्ताबाट विकास परियोजना कार्यान्वयन सम्बन्धी विषयमा प्रशिक्षण,
राष्ट्रियस्तरमा योजना तथा बजेट तर्जुमा, भूमि व्यवस्थापन, सहकारिता, सरकारी खर्च व्यवस्थापन, ऋण तथा सहायता व्यवस्थापन, परियोजना व्यवस्थापन, खरिद व्यवस्थापन, प्रशासन र विकास व्यवस्थापन आदि,
श्री निरौला योजना तथा विकास, आर्थिक प्रशासन, लेखा परीक्षण तथा वित्तीय शुसासन एवं सार्वजनिक खरिद व्यवस्थापन लगायत विषयका विज्ञका रुपमा समेत परिचित हुनुहुन्छ ।उहाँले राज्य कौशलका आधारभूत ढाँचाहरु समेटी शासन संचालनका नवीन मान्यता नामक पुस्तक प्रकाशन समेत गर्नुभएको छ ।

कार्याअनुभव:
सरकारी नोकरीको सिलसिलामा नेपालका हिमाल, पहाड, तराइका जिल्लामा बसेर काम गरेको अनुभवका साथै कामको सिलसिलामा नेपालका करिब ६० भन्दा बढी जिल्लाको भौगोलिक अनुभव रहेको । वहाँसँग आर्थिक प्रशासन, योजना तथा विकास प्रशासन, गृह प्रशासन, जग्गा प्रशासन, सहकारी व्यवस्थापन, सरकारी कोष व्यवस्थापन, वित्तीय प्रशासन तथा लेखा परीक्षण, संघीयता तथा स्थानीय प्रशासन समेतका विषयमा करिब ३० वर्ष भन्दा बढी निजामती सेवाको अनुभव छ । संघीयता कार्यान्वयनको सिलसिलामा बि.सं. २०७४ माघ २५ गते यस मन्त्रालयको सचिव पदमा बहाल भएदेखि मन्त्रालयको प्रशासनिक नेतृत्व कुशलतापूर्वक निर्वाह गरिरहनु भएको छ ।