श्री प्रकाश ज्वाला

आजभन्दा ५० वर्ष अघि बाबु चन्द्रबहादुर साहु तथा आमा टिकी साहुको कोखबाट सल्यान जिल्लाको वंगाड कुपिन्डे नगरपालिका-१ खहरेखोलामा जन्मनु भएका माननीय मन्त्री श्री प्रकाश ज्वाला प्रदेश सभा निर्वाचन-२०७४ मा नेकपा (एमाले)को तर्फबाट सल्यान-२ बाट निर्वाचित हुनुभएको हो । अंग्रेजी तथा राजनीति शास्त्रमा एम.ए. गर्नु भएका ज्वालाले कानुनमा बी.एल. समेत गर्नु भएको छ ।<br />
२०३९ सालदेखि राजनीतिक दलमा आवद्द हुनुभएका मन्त्री ज्वाला राजनीतिक यात्राका क्रममा ७ वर्ष भूमिगत जीवन तथा ३ वर्षको कठोर बन्दी जीवन बिताउनु भएको छ । राजनीतिक यात्राको क्रममा २०५६ सालमा सल्यान क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो भने संविधानसभा निर्वाचन-२०७० मा सल्यान क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो ।<br />
प्रतिनिधिसभा प्राकृतिक स्रोत साधन समिति सभापति, प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार तथा व्यवस्थापिका संसद अर्थ समितिको सभापतिको समेत अनुभव संगाल्नु भएका मन्त्री ज्वालाले भारत, पाकिस्तान, लेबनान, क्यानडा, अमेरिका, दक्षिण अफ्रिका, बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल, बेल्जियम, जर्मनी, डेनमार्क, स्वीडेन, पोल्याण्ड, अष्ट्रिया, स्वीजरल्याण्ड, दक्षिण कोरिया, इटली, नर्वे, सिंगापुर, थाइल्याण्ड, मलेसिया, चीन लगायत राष्ट्रहरुको भ्रमण अनुभव समेत संगाल्नु भएको छ ।<br />
उहाँका प्रतिनिधि सभामा प्रकाश ज्वाला, एक्काइसौं शताब्दी समाजवादको शताब्दी, वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन नामक कृतिहरु समेत प्रकाशित छन् । दुई छोराका अभिभावक मन्त्री ज्वाला नेकपा (एमाले) को पोलिटव्युरो सदस्य हुनुहुन्छ ।